Section 9
अन्य स्थानको मतदाताको नाम दर्ता गर्न सकिने
(१) कुनै गाउँपालिका वा नगरपालिका को वडाको मतदाता नामावलीमा नाम दर्ता भएको व्यक्ति वैवाहिक वा अन्य कारणले बसाई सरी सोही वा अर्को गाउँपालिका वा नगरपालिकाको वडामा बसोबास गरेमा त्यस्ता व्यक्तिको नाम निज बसी आएको गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडामा दर्ता गर्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिम नाम दर्ता गराउँदा त्यस्तो व्यक्तिले नाम दर्ता अधिकारी समक्ष विवाह भएको वा बसाई सरी आएको पुष्टि हुने प्रमाण पेश गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम नाम दर्ता गर्न चाहने व्यक्तिले साविकमा गरेको नाम दर्ता सम्बन्धी प्रमाण पेश गर्नु पर्नेछ ।